Media Network

अरुणखोलामा लायन्स क्लवद्वारा वृक्षरोपण


खबरस्टोरी संवाददाता

२४ श्रावण २०७९,मंगलवार

काठमाडौं । लायन्स क्लब अफ मध्यबिन्दु सप्तरङ्गीले नवलपरासीपूर्व मध्यविन्दु नगरपालिका १० अरुणखोलामा वृक्षारोपण गरेको छ । क्लव स्थापनाको पहिलो कार्यक्रम स्वरुप अरुणखोला क्षेत्रमा वृक्षरोपण गरिएको क्लवकी अध्यक्ष कमला सुनारीले बताइन् । कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरु, स्थानीय संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीको उपस्थिति रहेको थियो ।  

जनता माध्यमिक बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष चेतन पौडेल वृक्षरोपण कार्यक्रममा सरिक हुँदै आज रोपिएका विरुवाहरुको सवैले मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रमा लायन्स क्लवका रिजन चेयरपर्सन देवीमाया घिमिरे,सब डिभिजन बन कार्यलय प्रमुख अर्जुन सापकोटा, प्रहरी चौकीका प्रमुख बरिस्ठ नायब निरीक्षक प्रेमबहादुर बिष्ट, आरुङखोला खानेपानीका अध्यक्ष कृष्ण भट्टराई , जनता माबिका प्रधानाध्यापक भानुभक्त पंगेनी, रेडक्रसका अध्यक्ष मेघराज पाण्डे, नयाँ बेलाहानी महिला सहकारी अध्यक्ष शोभा जिसी लगायतको उपस्थिति थियो । 

यस्तै, वृक्षरोपणमा लायन्स क्लब अफ भरतपुर सप्तरङ्गी, लायन्स क्लब अफ भरतपुर सप्तरङ्गी लेडिज, लायन्स क्लब अफ कावासोती सप्तरङ्गी, लायन्स क्लब अफ देवचुली सप्तरङ्गी, लायन्स क्लब अफ प्रेमबस्ती सप्तरङ्गी, लायन्स क्लब अफ काठमाडौं सप्तरङ्गी, लायन्स क्लब अफ चितवन हेल्पिङ हेण्डका लायन्सहरुको सहभागिता थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद