Media Network

बाढीका कारण दुनैका २४ परिवार विस्थापित, करोडको क्षति


खबरस्टोरी संवाददाता

२८ असार २०७९,मंगलवार

काठमाडौँ। ठूलीभेरी नगरपालिका–३ डोल्पाका २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन् । सदरमुकाम दुनै स्थित शान्ति टोलमा बाढी पहिराले २४ परिवारलाई विस्थापित गराएको हो ।

ठुली भेरी नगरपालिका–३ शान्ति टोलमा अचानक आएको बाढी र पहिराले नन्नाकुमारी विकको एक तले कच्ची घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ भने धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतीलाल रोकाया, मानबहादुर रोकायाको घर र खेतबारी बगाएको छ ।

यस्तै बाढीले घर र खेतबारी पनि बगेको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए। उनका अनुसार ती सबैको घर खेत, अन्न पानी, लत्ताकपडा, सुनचाँदीसमेत गरी झन्डै रु एक करोड ५० लाख बराबरको क्षति भएको प्रहरीले सार्वजनिक गरेको क्षति मूल्याङ्कन विवरणमा उल्लेख छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद