Media Network

बागलुङ २ :देवेन्द्र पौडेल २२८५ मतले अग्रता


खबरस्टोरी संवाददाता

७ मंसिर २०७९,बुधबार

काठमाडौं।बागलुङ क्षेत्र नम्बर २ मा ३६ हजार४ सय ८१  मत गणना गर्दा वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका देवेन्द्र पौडेलले अग्रता कायमै राखेका छन् । 

माओवादीका देवेन्द्र पौडेल १८ हजार ३ सय २० मतका साथ अगाडि बढिरहेका छन् । उनलाई एमालेकी मञ्जु चालिसेले १६ हजार ३५ मतका साथ पछ्याइरहेकी छिन् । पौडेल र चालिसेबीच अहिले २ हजार दुई सय ८५ मतान्तर रहेको छ । त्यस्तै तेस्रो स्थानमा १ हजार ५ सय ६३ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार तिला खत्री रहेको छ । यसै गरी स्वतन्त्र उम्मेदवार तुलसीराम अर्यालले २ सय ६७ मत प्राप्त गरेका छन् । नेपाल दलित पार्टीका टेकप्रसाद कामीले १ सय ७७ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका चित्रप्रसाद गुरुङले ९१ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृत बाबुराम पाण्डेका अनुसार स्वतन्त्र उम्मेदवार डिलबहादुर कार्कीले २८ मत प्राप्त गरेका छन् । उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा १ मा कांग्रेस उम्मेदवार जित शेरचनले १५ हजार १ सय ८ सहित बिजयी भएका छन् ।  उनका प्रतिद्धन्द्धी प्रकाश घर्तीले १२ हजार ८ मत प्राप्त गरेका छन् । 

साथै, प्रदेशसभा २ मा नेपाली कांग्रेसका दोर्णकुमार कुवँरले १२ हजार ४  सय ८ मत प्राप्त गरी बिजयी भएका छन् । उनका प्रतिद्धन्द्धी नेकपा  एमालेका लक्ष्मण पुन ८ हजार ७ सय ३७ मत प्राप्त गरेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद