Media Network

भदौ १२ देखि मतदाता नामावली अद्यावधिक गर्छौं : निर्वाचन आयोग


खबरस्टोरी संवाददाता

२५ श्रावण २०७९,बुधबार

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक तथा दाबी–विरोधका लागि आह्वान गरेको छ ।

आयोगले भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी–विरोधसमेत)को कार्यक्रम सञ्चालन हुने जनाएको छ ।

सो अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिन सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भएकामा पायक पर्ने मतदानस्थलमा नाम सार्न निवेदन दिन सकिनेछ ।

आयोगले नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइनसमेतबाट निवेदन दिने व्यवस्था गरिएको जनाएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपश्चात् निर्वाचनका लागि भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद