Media Network

बैतडीमा चितुवाकाे आक्रमणबाट एक जना घाइते


खबरस्टोरी संवाददाता

१४ श्रावण २०७९,शनिबार

बैतडी।  बैतडीमा बँदेलका लागि थापेको पासोमा अल्झिएको चितुवाको आक्रमणमा एक जना घाइते भएका छन् । शनिबार बिहान मेलौली नगरपालिका-२ कोटका ६८ वर्षीय गणेशबहादुर चन्द चितुवाकाे आक्रमणबाट घाइते भएका हुन्।

चन्दको खोरबाट खसी लगेको चितुवा दुम्सीका लागि थापेको पासोमा फसेको र उक्त चितुवाले उनलाई आक्रमण गरेको बताइएको छ। चितुवा केहीबेरपछि पासो तोडेर भागेको थियो।

चन्दको हात र घाँटीमा चोट लागेको घाइतेका आफन्त एवम् मेलौली नगरपालिकाका स्वास्थ्य साखा प्रमुख नारायण चन्दले जानकारी दिए ।

जिल्लाको तल्लो स्वाराड क्षेत्रका ३ स्थानीय तह मेलौली नगरपालिका तथा शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका चितुवा प्रभावित क्षेत्रहरु हुन्।  यँहा २०६८ सालदेखि हालसम्म २ दर्जन बढी मानिसहरुले चितुवाको आक्रमणबाट ज्यान गुमाईसकेका छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद