Media Network

ड्रमको पानीमा डुबेर एक बालिकाको मृत्यु


खबरस्टोरी संवाददाता

२२ असार २०७९,बुधबार

काठमाडौँ। सर्लाहीको हरिवनमा आफ्नै घरकाे ड्रममा राखेको पानीमा डुबेर एक  बालिकाको मृत्यु भएको छ । हरिवन नगरपालिका–२, निवासी बिजय महतोकी  २ वर्षीया छोरी अनुषा महतोको आँगनमा खेल्ने क्रममा ड्रमको पानीमा डुबेर ज्यान गएको हो ।

ड्रमको पानीमा डुबेर अचेत बनेकी बालिकालाई तत्काल हरिवनस्थित नमुना अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो ।

घटनालगतै प्रहरी टोलीले घटना स्थलको मुचुल्का तयारी गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो । शव परीक्षणपश्चात आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जनाकारी दिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद