Media Network

हुम्लामा चार दिनदेखि हवाई सेवा अवरुद्ध


खबरस्टोरी संवाददाता

१६ श्रावण २०७९,सोमबार

काठमाडौँ। हुम्लामा मौसम खराब हुँदा हवाई सेवा चार दिनदेखि अवरुद्ध भएको छ । बाक्लो बादल लाग्नुका साथै निरन्तर पानी परिरहेका कारण हवाई उडान हुन नसकेको हो । 

जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट कुनै उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ । उडान नहुँदा नेपालगञ्ज, सुर्खेतबाट दैनिक उपभोग्यवस्तु आयातमा समस्या परेको छ । हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर सुर्खेत, नेपालगञ्ज र बर्दिया लगायतका जिल्लामा लाइसेन्सको लागि परीक्षा दिन जाने परीक्षार्थी बढी मारमा रहेको सिमकोट गाउँपालिका– ७ का वीरबहादुर सिंहले जानकारी दिए। 

तारा, समिट, नेपाल एयरलाइन्सले चार दिनदेखि उडान भरेका छैनन् भने सीता एयरले दुई दिनदेखि उडान नभरेको विमानस्थल स्रोतले जानकारी दिएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद