Media Network

हुम्लामा विद्युत उत्पादन गृह भत्किदा एकै परिवारका तीन जनाको मृत्यु


खबरस्टोरी संवाददाता

३१ असार २०७९,शुक्रबार

सुर्खेत । हुम्लाको हिमा गाउँपालिका– १ आचार्यलिहीमा विद्युत उत्पादन गृह भत्किदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

घटनामा विद्युत उत्पादन गृहका चौकीदार गोरखबहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो । भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा शुक्रबार बिहान करिब साढे २ बेजे ३० वर्षीया विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावतको मृत्यु भएको हो ।

प्रहरी चौकीका अनुसार राति बत्ती बन्द भएपछि हेर्न जाँदा यो घटना भएको खुलेको हो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद