Media Network

जाँडले मतिएर विद्यालय गएका प्रधानाध्यापक पक्राउ


खबरस्टोरी संवाददाता

१६ श्रावण २०७९,सोमबार

काठमाडौँ। मदिरा सेवन गरी विद्यालय गएको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले जाँड–रक्सी खाएर विद्यालय गएका जिल्लाको सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयका प्राधानाध्यापक भक्तबहादुर मल्ललाई पक्राउ गरेको हो ।  

उनी सोमबार बिहान मदिरा सेवन गरेर विद्यालयभित्र प्रवेश गरेका थिए । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपा  निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटको समन्वयमा मल्ललाई प्रक्राउ गरिएको हो । उनलाई पक्राउ गरेर जिल्ला अस्पताल जाजरकोटमा मेडिकल चेकजाँचका लागि लगिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए । 

  


Share:
Reaction :
ताजा समाचार
खेलकुद