Media Network

जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु


खबरस्टोरी संवाददाता

१५ श्रावण २०७९,आईतवार

काठमाडौँ। । सुर्खेतबाट मुगुका लागि छुटेको लु१ज ३७३४ नंको जीप जुम्लाको सिञ्जा क्षेत्रस्थित कनकासुन्दरी गाउँपालिका-१ बुलबुलेमा आज विहान दुर्घटना हुँदा एक जनाको  ज्यान गएको छ । 

मृत्यु हुनेमा मुगु जिल्ला राराछाँयानाथ नगरपालिका-२ का २५ वर्षीय दीपक तिरुवा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । 

जीपको बे्रक फेल भएर दुर्घटना भएको हुनसक्ने नरेन्द्र चन्दले बताए । जीप चालक दलबहादुर बुढालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको छ । जीपमा अन्य पाँच जना यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद