Media Network

जुम्लामा निर्वाचनका लागि खटिए ८ सय ४८ कर्मचारी


खबरस्टोरी संवाददाता

२७ कार्तिक २०७९,आईतवार

काठमाडौँ।मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि जुम्लामा ८ सय ४८ जना कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका जुम्लाका अनुसार जिल्लाका १ सय ८ मतदान केन्द्रमा ती कर्मचारी खटाइएको हो । 

मुख्य निर्वाचन अधिकृत अनुसार १ सय ८ जना मतदान अधिकृत र १ सय ८ जना सहायक मतदान अधिकृतसहितका कर्मचारी खटाइएको हो ।  उनले ९९ मतदान केन्द्रमा ८ जना कर्मचारीका दरले ७ सय ९२ जना खटाइएको जानकारी दिए । यस्तै ७ वटा मतदान केन्द्रमा ७ जना कर्मचारीका दरले ४९ जना र दुई वटा अस्थायी मतदान केन्द्रमा ७ जना खटाइएको उनको भनाइ छ । 

कार्यालयका अनुसार २ सय ५१ भन्दा तल मतदाता भएको स्थानमा ७ जना र २ सय ५१ भन्दा माथि मतदाता भएको स्थानमा ८ जनाका दरले कर्मचारी खटाइएको हो । कर्मचारीलाई तालिमसहित आवश्यक सामग्री हस्तान्तरण गरेर कार्यक्षेत्रमा पठाइएको हो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद