Media Network

कोहलपुरमा आफ्नै घरमा रहस्यमय तरिकाले मृत अवस्थामा भेटिए दम्पत्ति


खबरस्टोरी संवाददाता

१० श्रावण २०७९,मंगलवार

 काठमाडौँ। बाँके जिल्लाको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान एक दम्पती आफ्नै घरमा रहस्यमय अवस्थामा मृत फेला परेका छन् । स्थानीय २२ वर्षीय कृष्ण गडरिया र उनकी पत्नी २० वर्षीया मञ्जु गडरिया मृत अवस्थामा भेटिएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । 

कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी ऐनबहादुर मल्लले मन्जु गडरियाको घाँटीमा डोरीको दाग देखिए पनि डोरी चुँडिएको अवस्थामा फेला परेको र मृतक कृष्णको भने दाँया हातमा गहिरो चोट देखिएको बताए।  

स्थानीयले चोरहरुले दुबैको हत्या गरेर धनमाल चोरेको आशंका गरे पनि घरबाट कुनै सामान चोरी भएको अवस्था नदेखिएको प्रहरीको भनाइ छ । 

उक्त शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल पठाइएको  छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद