Media Network

कालिकोटमा पाँच तले घर भत्किँदा ६ जना घाइते


खबरस्टोरी संवाददाता

२७ असार २०७९,सोमबार

काठमाडौँ। कालिकोटको खाँडाचक्र नगरपालिका–१ मा पाँच तले घर भत्किँदा ६ जना घाइते भएका छन् । 

घर भत्केको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कालिकोट, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको प्रहरीले जेसिबीको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो । 

घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल पठाएकोमा तीन जना उपचार पश्चात डिस्चार्ज भएका छन् । घाइते दुई जनालाई थप उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद