Media Network

कणार्ली प्रदेशमा एमाले शून्य, प्रदेशमा कसको सरकार बन्ला?


अञ्जन बस्नेत

११ मंसिर २०७९,आईतवार

काठमाडौँ। २०७४ सालको निर्वाचनमा कर्णालीका १२ मध्ये ६ क्षेत्रमा जित निकाल्न सफल भएको  नेकपा एमाले यसपटक शून्यमा झरेको छ । कर्णालीमा अहहिलेसम्म प्रतिनिधिसभाको दश वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ ।बाकँी रहेको कालीकोट, हुम्ला र मतगणना जारी छ ।

मतगणना जारी रहेका स्थानमा पनि एमाले उम्मेदवार फराकिलो अन्तरले पछाडि छन् । कांग्रेसले सुर्खेतका दुईवटै र दैलेख क्षेत्र नम्बर २ मा र मुगुमा जित निकालेको छ । 


नेपाली कांग्रेसबाट सुर्खेत–१ मा पार्टी उपसभापति पूर्णबहादुर खड्का, सुर्खेत–२ मा हृदयराम थानी र दैलेख–२ मा दिक्पाल शाही निर्वाचित भएका छन् । मुगुमा कांग्रेस उम्मेदवार ऐनबहादुर शाहीले पनि जित निकालेका छन्।

माओवादी केन्द्रले जाजरकोट र रुकुम पश्चिममा जित निकालेको छ भने कालीकोट र हुम्लामा फराकिलो मतान्तरले अग्रता लिएको छ । रुकुम पश्चिममा अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा र जाजरकोटमा शक्ति बस्नेत निर्वाचित भए । कालीकोट र हुम्लामा माओवादी केन्द्रका उम्मेदवार क्रमशः महेन्द्रबहादुर शाही र छिरिङ डम्डुल लामा फराकिलो मतान्तरसहित अग्रता बनाइरहेका छन् ।

एकीकृत समाजवादीबाट दैलेख–१ मा अमरबहादुर थापा, सल्यानमा प्रकाश ज्वाला र डोल्पामा धनबहादुर बुढाले जितेका छन् । त्यस्तै जुम्लामा राप्रपाका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही निर्वाचित भएका छन् ।

प्रदेशसभाको कुन क्षेत्रमा कसको जित ?

प्रदेशसभातर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णाली प्रदेशमा यो समाचार तयार पार्दासम्म २१ वटा निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । जसमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले ९/९वटा निर्वाचन क्षेत्रमा जित निकालेका छन् भने नेकपा एमालेले चार क्षेत्रमा चुनाव जितेको छ ।


जुम्ला (१) मा भने कांग्रेसका बागीले चुनाव जितेका छन् । मुगुका दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा माओवादी र एमालेले जितेका छन्। । हुम्ला (२) मा कर्णालीका मुख्यमन्त्री समेत रहेका कांग्रेस नेता जीवनबहादुर शाहीले अग्रता लिएका छन् ।

जुम्ला (१) मा कांग्रेसका बागी देवेन्द्रबहादुर शाहीले कांग्रेसकै ललितजंग शाहीलाई पराजित गरे । जुम्ला (२) मा एकीकृत समाजवादीका उम्मेदवार पदमबहादुर रोकायालाई पराजित गर्दै एमालेका टेकराज पछाई निर्वाचित भएका छन् ।

जाजरकोटमा दुवै क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेसले चुनाव जितेको छ । (१) मा कांग्रेसका जिल्ला सभापति वेदराज सिंह र (२) मा  कांग्रेसकै राजीवविक्रम शाह निर्वाचित भएका छन् ।

सल्यानका दुवै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भए । प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा माओवादी केन्द्रका भीमप्रकाश शर्मा र (२) मा कांग्रेसका सुरेश अधिकारी निर्वाचित भए ।

मुगुका दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदेश (१) मा एमालेका उम्मेदवारजित बहादुर मल्लले नेकपा एसका उम्मेदवार गोपाल बहादुर बमलाई पराजित पार्दै विजयी भएका छन् भने प्रदेश (२) तर्फ माओवादीको उम्मेदवार मंगल बहादुर शाहीले नकपा एमादेका उम्मेदवार कर्ण बहादुर मल्ललाई पराजित पार्दै विजयी भएका छन्।

चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा तीन वटामा कांग्रेस र एउटामा एमाले विजयी भएको छ । दैलेख–१ (१) मा कांग्रेसका पूर्णबहादुर खत्री, (२) मा कांग्रेसका पूर्व जिल्ला सभापति कृष्ण बिसी निर्वाचित भएका छन् । दैलेख २ (२) मा कांग्रेसकै घनश्याम भण्डारी विजयी हुँदा २ (२) मा भने एमालेका प्रदेश अध्यक्ष विनोदकुमार शाह निर्वाचित भए ।

चारवटै प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा भने माओवादीले दुई सिट जित्दा कांग्रेस र एमालेले एक÷एक सिट जितेका छन् । सुर्खेत–१ (१) मा कांग्रेसका जिल्ला सभापति खड्गबहादुर पोखरेल र (२) मा माओवादी केन्द्रका कृष्ण जिसी निर्वाचित भएका छन् । क्षेत्र नम्बर २ (१) मा भने एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेल दोस्रो पटक निर्वाचित भए । २ (२) मा पूर्व अर्थमन्त्रीसमेत रहेका माओवादीका युवा नेता विन्दमान बिष्ट विजयी भएका छन् ।

कालीकोटमा (१) मा माओवादीका दुर्गाबहादुर रावत र (२) मा कांग्रेसका हिकमत बिष्ट विजयी भएका छन् । डोल्पा (१)मा एमालेका शेरबहादुर बुढा र (२) मा माओवादी केन्द्रका वीरबहादुर शाही निर्वाचित भएका छन् ।

हुम्ला (१) मा (माओवादी केन्द्र) का रणसिंह परियार निर्वाचित भएका छन् । रुकुम पश्चिममा दुवै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । (१) मा  माओवादी केन्द्रका महेन्द्र केसी र (२) मा माओवादीकै राजकुमार शर्मा निर्वाचित भएका छन् ।


यसअघि प्रदेशसभामा एमाले नै पहिलो दल थियो । ४० सदस्यीय कर्णाली प्रदेशसभामा यसअघि एमालेले प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको थियो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद