Media Network

कञ्चनपुरबाट चितुवाको छालासहित दुई जना पक्राउ


खबरस्टोरी संवाददाता

१२ श्रावण २०७९,बिहीबार

काठमाडौँ।  कञ्चनपुरमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्। जिल्लाको  कृष्णपुर नगरपालिका–३ देखतभुलीबाट दुई थान चितुवाको छालासहित दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा डडेल्धुरा अमरगढी नगरपालिका–३ काडे घर भएकी ४० वर्षीया मालती मल्ल (सेठ्ठी) र सोही नगरपालिका–२ जोसिना घर भएका २९ वर्षीय मोहन सार्की रहेका छन् । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

कृष्णपुर नगरपालिका–३ देखतभुलीस्थित धानबारीमा उनीहरूले उक्त छाला लुकाई राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद