स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ८१५ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको हो।
२ हजार ४११जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको छ। सोही अवधिमा ४७६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ।