Media Network

कर्णाली प्रदेश सरकारमा दुई मन्त्री नियुक्त


खबरस्टोरी संवाददाता

१३ भाद्र २०७९,सोमबार

सुर्खेत। कर्णाली प्रदेश सरकारमा दुई जना मन्त्री थपिएका छन्।

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सोमबार आर्थिक मामिला तथा योजनामन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकासमन्त्रीमा रातो कामीलाई नियुक्त गरेका हुन्। उनीहरु माओवादी केन्द्रबाट मन्त्री नियुक्त भएका हुन्।

नवनियुक्त दुई मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । प्रदेश प्रमुख तिलक परियारले नव नियुक्त मन्त्री शाह र कामीलाई सोमबार नै दिउँसो तीन बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराएको छ।

शाह जाजरकोटका समानुपातिकतर्फका सांसद हुन् भने कामी रुकुम पश्चिमबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद