Media Network

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


खबरस्टोरी संवाददाता

२४ श्रावण २०७९,मंगलवार

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–९ लामाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रदेश ०३–०२–०१२ प ८३६८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई  सोमबार दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा गोदावरी नगरपालिका–१३ झरुवारासी बस्ने १८ वर्षीय उत्सब नगरकोटी रहेका छन् । 

दुर्घटनामा गम्भीर घाईते भएका उनको कृष्ट अस्पताल हुँदै बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद