Media Network

लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का प्रकृया रोक्न उच्च अदालतको आदेश, मुख्यमन्त्रीको लिखित जवाफ माग


खबरस्टोरी संवाददाता

२६ श्रावण २०७९,बिहीबार

रुपन्देही । लामो समयदेखि विवादित बनेको लुम्बिनी प्रदेशमा निर्माणाधिन अस्पताको ठेक्का रोकिने भएको छ  । 

बुधबार उच्च अदालत तुसलीपुरले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै ठेक्का प्रकृया तत्काल रोकेर १५ दिन भित्र लिखित जवाफ दिन लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयलाई आदेश दिएको छ ।  

यस अघि पहिलो चरणमा भएको ठेक्का प्रकृया रद्द भएर दोस्रो चरणमा नयाँ ठेक्का आव्हान भएको थियो । तर दोस्रो ठेक्का पनि मिलेमतोमा भएको भन्दै उच्च अदालत तुलसीपुरमा मुद्दा परेको हो । 

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रामप्रसाद ओलीले बुधबार लिखित जवाफ प्राप्त भएपछि दुवै पक्षको राय सुनेर अन्तरिम आदेश दिने कि नदिने भन्ने निचोडमा पुग्ने बताएका छन् ।


  विवादको कारण यस्तो छ ? 

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको साढे ६ अर्बभन्दा बढीको ठेक्का शर्मा एन्ड शर्मा र रसुवा कन्स्ट्रक्सनमध्ये एकले पाउने प्रकृया अघि बढ्यो । लुम्बिनी प्रदेशको प्रदेश पूर्वाधार विकास प्राधिकरणको ८ फागुन २०७८ को निर्णयअनुसार टेण्डर आह्वान भएको थियो ।

कम्पनी छानेर फर्जी प्रतिस्पर्धाका लागि टेण्डर आह्वान गरेको तथ्य बाहिरिएपछि ठेक्का रद्द भएको थियो ।  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्तराज घिमिरेले राजीनामा नै दिएका थिए । घिमिरे बाहिरिएपछि इन्जिनियर छवीराज पोखरेल सीईओ नियुक्ति भए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी अध्यक्ष रहेको प्रदेश पूर्वाधार प्राधिकरणले  ९ असारमा बोलपत्र आहृवान गर्यो । मूल्य अभिवृद्धि करसहित करिव ६ अर्ब ७० करोड लागतको भवन बनाउन आहृवान गरिएको यो टेण्डरमा सेटिङमै भएको आरोप लाग्यो । बोलपत्रमा २ अर्ब ८१ करोड बराबरको ‘डबल बेसमेन्ट’ भवन निर्माणको अनुभव मागिएको छ । यो प्रावधान रसुवा कन्स्ट्रक्सन र शर्मा एन्ड कम्पनीमध्ये एकले ठेक्का पाउने गरी राखिएको हो ।

   प्राधिकरण ८ साउनमा टेण्डर संशोधन गर्दै ४७ करोडसम्मको भवन बनाएको नेपाली कम्पनीले विदेशीसँग जेभी (संयुक्त उपक्रम)मा ठेक्कामा भाग लिन पाउने नियम बनायो । तर १३ साउनमा अर्को संशोधन गर्दै विदेशी कम्पनीको जेभी ल्याउन अप्ठ्यारो पार्ने प्रावधान थपियो । जेभीमा आउने विदेशी कम्पनीले आफ्नो देशभन्दा बाहिरको देशमा गएर २ अर्ब ८१ करोड बरारबरको डबल बेसमेन्ट भवन निर्माण गरेको अनुभव हासिल गरेको हुनुपर्ने योग्यता थपिएपछि सेटिङको आशंका बढेको हो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद