Media Network

म्याग्दीमा पहिरो, २ को मृत्य, ३ जना बेपत्ता


खबरस्टोरी संवाददाता

१७ श्रावण २०७९,मंगलवार

बेनी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा पहिरोले घर बगाउँदा २ जनाको मत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । 

स्थानीय घामबहादुर र गोठे बिकको घर पहिरोले पुरिएको र गोठे बिकका छोरा राजन र नविनको पहिरोमा परी मृत्यु भएको छ । उनीहरूको शव घरभन्दा केही तल भेटिएको छ।

गोठे र उनकी श्रीमती गोरी बिक घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमति राममाया र छोरी रोजी बिक बेपत्ता भएका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद