Media Network

नाच हेर्न गएका युवकको हत्या


खबरस्टोरी संवाददाता

१५ भाद्र २०७९,बुधबार

वीरेन्द्रनगर । तीजका अवसरमा भएको नाचगान हेर्न गएका एक युवाको सुर्खेतमा हत्या भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मंगलबार बेलुकी नाचगान हेर्न गएका २१ वर्षीय रोशन जिसीको कुटपिटबाट हत्या भएको हो । 

वीरेन्द्रनगर वडा नम्बर १० पठानटोलका उनी नाचगान हेर्न गएका युवाहरूबीच झडप भएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार झडपका क्रममा घाइते भएका जिसीलाई उपचारका लागि अस्पताल पु¥याइएको थियो। तर चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनामा संलग्नको खोजी भइरहेको उनले बताए । जिसीलाई अस्पताल पु¥याउने व्यक्तिहरुलाई घटनाका बारेमा सोधपुछ भइरहेको उनले बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद