Media Network

निर्वाचनका लागि आयोगमा २१ दल दर्ता


खबरस्टोरी संवाददाता

२६ श्रावण २०७९,बिहीबार

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा २१ दल दर्ता भएका छन् । आयोगका अनुसार आगामी निर्वाचनका लागि बिहीबारसम्म २१ राजनीतिक दल दर्ता भएका हुन् ।

अझै दल दर्ता हुने क्रम बढिरहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार नेकपा एमालेलगायतका दलहरु दर्ता भएका छन् । यस्तै थप ३ दल दर्ता प्रक्रियामा रहेको आयोगले जनाएको छ ।आयोगमा यसअघि १ सय १६ राजनीतिक दल दर्ता भएका छन् ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद