Media Network

नवलपुरको गैंडाकोट क्षेत्र डुबानमा


खबरस्टोरी संवाददाता

१७ श्रावण २०७९,मंगलवार

पूर्वी नवलपरासी । अविरल वर्षाका कारण पूर्वी नवलपूरको गैंडाकोट क्षेत्र डुबानमा परेको छ ।

महेन्द्र राजमार्गको उत्तरतर्फका अधिकांश घर डुबानमा परेका छन् भने दर्जनौं घरभित्र पानीको भल बगेको छ ।सो क्षेत्रको वडा नम्बर २ र ४ का धेरैजसो घर डुबानमा परेका छन् । भित्री सडकमा पानी भरिएकाले आउजाउ गर्न समेत समस्या भएको छ ।महेन्द्र राजमार्गमा ४० वर्षअघि बनाइएका पुल र कल्भर्टबाट पानी निकास नहुँदा समस्या भएको हो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद