Media Network

पहिरोले पोल ढल्दा बेँसीशहर-चामे सडक अवरुद्ध


खबरस्टोरी संवाददाता

१९ श्रावण २०७९,बिहीबार

लमजुङ।  पहिरोले  बिजुलीको पोल ढल्दा  बेँसीशहर चामे सडक अवरुद्ध भएको छ । 

मर्स्याङ्दी गाउँपालिका-४ रामबजारमा बिहीवार बिहान सवा ११ बजेदेखि सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे  सडक योजनाका कार्यालयका प्रमुख अच्युतविलास पन्तले  बताए।

सडक माथिबाट पहिरो खसेको र पहिरोले सडकमा रहेको बिजुलीको पोल ढलेकाले सडक अवरुद्ध भएको हो  ।

सडक अबरुद्ध हुँदा बेसिशहरबाट मनाङतर्फ जाँदै गरेका सवारी  बेसिशहरतर्फ र मनाङबाट बेसिशहर आउदै गरेका सवारीसाधन मनाङतर्फ नै रोकिएका छ्न ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद