Media Network

पोखरीमा डुबेको अवस्थामा बालकको शव भेटियो


खबरस्टोरी संवाददाता

३१ असार २०७९,शुक्रबार

 काठमाडौँ। पोखरीमा डुबेका अवस्थामा गए राति एक बालकको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार गए राति महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४ बरथटोल बस्ने भाग्यनारायण यादवका छोरा दुई वर्षीय सार्थक यादवको शव गाउँकै शिवजी पोखरीमा फेला परेको हो ।

बालक सार्थक घरबाट खेल्न भनी निस्केका थिए। अबेर साँझसम्म पनि घर नफर्केपछि परिवारजनले खोज्दै जाँदा उनी पोखरीमा डुबेको अवस्थामा फेला परेका  थिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद