Media Network

पोखरामा पहिरोले घरको कोठा पुरिँदा एक जनाको मृत्यु


खबरस्टोरी संवाददाता

१६ श्रावण २०७९,सोमबार

काठमाडौँ। पोखरा महानगरपालिका - ६ डिहिगोपाटन पँधेरोमा आज बिहान पहिरोले घरको कोठा पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। 

गएराति अविरल वर्षापछि घर पछाडिबाट झरेको पहिरोले स्थानीय लक्ष्मी खड्काको ब्लकले बनाएको घर पुरिएको थियो। पहिरोले घर पुरिँदा कोठा भाडामा बस्दै आएका माछापुच्छ्रे गाउँपालिका– १ का तातोपानीका २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको कास्की प्रहरीका इन्सपेक्टर ज्ञानबहादुर खड्काले जानकारी दिए। 

सोही कोठामा बसेका सन्तोषकी दिदी सुनिता सुनार घाइते भएकी छिन् भने उनका छोरा १० वर्षीय सिम्रन सुनार सकुशल रहेका छन्।

 पहिरोमा परेर घाइते भएकी सुनिताको गण्डकी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद