Media Network

पानीको ट्याङ्कीमा डुबेर एकै घरका दुई बालबालिकाको मृत्यु


खबरस्टोरी संवाददाता

३ श्रावण २०७९,मंगलवार

काठमाडौँ। दैलेखमा पानी ट्याङ्कीमा डुबेर एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । दुल्लु नगरपालिका वडा नं ३ सियाला बखत महतका छोरा १२ वर्षीय दिनेश महत र छोरी नौ वर्षीया अनिता महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रहरी प्रमुख (डीएसपी) भुवनेश्वरप्रसाद साहले कर्णाली नदी छेउमा कर्णाली कोटछाल लिफ्टिगं सिँचाई आयोजनाले निर्माण गरेको ट्याङ्कीमा डुबेर उनीहरुको मृत्यु भएको बताए ।

मृतक दुवैको शव पोष्टमार्टमका लागि दुल्लु अस्पताल, दैलेखमा पठाईएको छ । घटनाबारे थप विवरण आउन बाँकि छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद