Media Network

सागर ढकालको अपिल– बुथको बाकसमा प्रतिनिधि राख्न दिइएन् ,मतपेटिका असुरक्षित छन्


खबरस्टोरी संवाददाता

४ मंसिर २०७९,आईतवार

 काठमाडौं । डडेल्धुराका प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार सागर ढकालले बुथको बाकसमा आफ्नो प्रतिनिधि राख्न नदिएको गुनासो गरेका छन्। उनले डडेल्धुराका जनताहरूले आफ्नो मतको सुरक्षा गरिदिन आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘डडेल्धुराका जनताहरू बाटो बाटोमा भिडियो, लाइभ जे हुन्छ त्यही राखेर बस्नु प¥यो । गाडीको स्कर्टिंग हजुरहरूले नै गर्नुप¥यो । बुथको बाकसहरू कुनै पनि उम्मेदवारको एजेन्ट बिना हिँडेको छ।’

उनले सत्तापक्षबाट चलखेल हुनसक्ने भन्दै जंगलको बाटोमा झन् धेरै ख्याल गर्न आग्रह गरेका हुन्।बुथको बाकस बोकेर लैजाने जिम्मा सबै प्रशासनलाई जिम्मा दिने हो भने हामी यत्रो उम्मेदवार लड्नु नलड्नुको अर्थ के भयो ? भनेर प्रश्न समेत गरेका छन्।

‘कुनै पनि गाडी हामी कुनै एक जना उम्मेदवारको एजेन्ट नभईकन प्रशासनको रहोभरमा मात्र सिधै यो रातको समयमा आयो भने कसरी विश्वास गर्ने तलमाथि हुँदैन भन्ने ।’सत्ता गठबन्धन भन्दा बाहिरको एजेन्ट एक जना नराखी गाडी लगे भने के गर्ने ? भनेर प्रश्न गरेका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद