Media Network

सिंहदरबारमा न्याय माग्दै अनशनमा बसेकी निहारिकालाई बच्चासहित उठायो प्रहरीले


खबरस्टोरी संवाददाता

२० श्रावण २०७९,शुक्रबार

काठमाडौँ। सिंहदरबार दक्षिण ढोका अगाडि न्यायको माग गर्दै आमरण अनशन बसेकी निहारिका राजपुतलाई दूधे छोरासहित प्रहरीले पक्राउ गरेको छ । महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले केही महिनादेखि नै आमरण अनशन बस्दै आएकी थिइन् ।

आफू १७ वर्षको हुँदा नै एक व्यक्तिले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको भन्दै उनले दोषीमाथि कारबाही र आफूलाई न्याय हुनुपर्ने माग गर्दै आएकी छन् ।

महोत्तरीकी निहारिका न्याय माग गर्दै साढे दुई वर्षदेखि काठमाडौंमा डेरा लिएर बस्दै आएकी छन् । 

सरकारले उनको विषयमा चासो नै नदेखाएपछि राजपुत आज सिंहदरबारको गेटमा नै अनसन बस्नको लागि त्यहाँ पुगेकी हुन्। 




Share:
Reaction :
ताजा समाचार
खेलकुद