Media Network

सिके राउतसँग उपेन्द्र दोब्बर मतले पछाडि


खबरस्टोरी संवाददाता

७ मंसिर २०७९,बुधबार

काठमाडौं/ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव झन्डै दोब्बर मतले पछाडि भएका छन्।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेका यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसँग दोब्बर मतले पराजित भएका हुन्।मतगणनाको पछिल्लो परिणामअनुसार जनमत पार्टीका अध्यक्ष राउत १३ हजार ६८४ मतान्तरले अगाडि छन्।

५० हजार ५४४ मत गणना हँुदा राउतले २७ हजार ४७७ मतसहित अग्रता लिएका छन् भने यादव १३ हजार ६८४ मत ल्याएर पछ्याइरहेका छन्।त्यस्तै सत्ता गठबन्धनका तर्फबाट प्रतिस्पर्धा गरिरहेका लोसपाका जयप्रकाश ठाकुरले ५ हजार ५७७ मत ल्याएका छन्।यो क्षेत्रमा अब करिब १४ हजार मतगणना गर्न बाँकी रहेकोे छ।

सप्तरी क्षेत्र नम्बर २ को प्रदेससभातर्फका दुवै सिटमा जनमत पार्टीका उम्मेदवार निर्वाचित भइसकेका छन्।प्रदेशसभा क्षेत्र नम्बर २(१) बाट जनमत पार्टीका सतिश सिंह र २(२) मा महेसप्रसाद यादव निर्वाचित भएका छन्।

पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएको जनमत पार्टीले पुराना मधेस केन्द्रित दलहरूलाई ठूलो धक्का दिएको देखिन्छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद