Media Network

सोलुखुम्बुमा मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिए


खबरस्टोरी संवाददाता

३ मंसिर २०७९,शनिबार

काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–५ मा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन्।

सर्लाहीको हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भई फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन्।

गएराति मतदान केन्द्रमै सुतेका राय आज बिहान ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलेखुम्बुले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद