Media Network

सप्तरी –२ :उपेन्द्र यादवलाई लज्जास्पद हार दिदैँ सीके राउत निर्वाचित


खबरस्टोरी संवाददाता

७ मंसिर २०७९,बुधबार

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत विजयी भएका छन् । राउत सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

बुधबार सार्वजनिक अन्तिम मतपरिणामानुसार उनले जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतको फराकिलो अन्तरले पराजित गरे । राउतले ३५ हजार ४२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी यादवले १६ हजार ९७८ मत पाए ।

योसँगै सप्तरी–२ मा पुरानो इतिहास कायमै रह्यो । यो क्षेत्रबाट ०५६ सालयता दोहोरिएर कोही पनि उमेदवार विजयी भएको रेकर्ड छैन ।

०५६ मा तत्कालीन सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष गजेन्द्रनाराण सिंह नेपाली कांग्रेसका उमेदवार रामकुमार चौधरीसँग १७ मतान्तरले पराजित भएका थिए ।

यही मंसिर ४ गते भएको निर्वाचनमा सप्तरी–२ मा ६४ हजार ५६० मत खसेको थियो । यहाँको कुल मतदाता संख्या ९५ हजार ३८४ हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद