Media Network

स्थानीय तहका सबै करारका कर्मचारी कटौती गरिने


खबरस्टोरी संवाददाता

३२ असार २०७९,शनिबार

महोत्तरी । महोत्तरीका स्थानीय तहहरुले करारका कर्मचारी कटौती गर्ने भएका छन् । खर्च कटौती गर्नुपर्ने अवस्थाको कारण जनाउँदै अघि अघिल्लो कार्यकालका जनप्रतिनिधिले नियुक्त गरेका कराक कर्मचारी हटाउने भएका हुन् । 

नयाँ आर्थिक वर्ष अर्थात १ साउन आइतबारदेखि लागू हुने गरी शिक्षा, स्वास्थ्य तथा अन्य शाखाहरुमा कार्यरत करार कर्मचारी कटौती गरिएको छ । महोत्तरीको बर्दिबास, जलेश्वर र औरही नगरपालिकाका साथै अन्य स्थानीय तहहरुबाट करार कर्मचारी कटौती हुनेछन् । 

जिल्लाको जलेश्वर नगरपालिकाले पनि करारका कर्मचारी हटाउने विहिवार नै निर्णय गरेको नगरप्रमुख सुरेश साह सोनारले जानकारी दिए ।

बर्दिवास नगरपालिकामा माओवादीवाट निर्वाचित जनप्रतिनिधिले करार कर्मचारी हटाउने निर्णय गलत भएको भन्दै विरोध जनाएका छन् ।

महोत्तरीको गौशाला नगरपालिकाले भने तत्काल करार कर्मचारी कटौती नगर्ने भएको छ । गौशाला नगरमा झण्डै १ सय कर्मचारी करारमा कार्यरत छन् । 

महोत्तरीको पालिकाहरुको यस्तो निर्णयसँगै देशका अन्य पालिकाहरुमा पनि पूर्व जनप्रतिनिधिले नियुक्त गरेका करार कर्मचारी हटाएर आफ्नो मातहतको कर्मचारी नियुक्त गर्नुपर्ने बहस थालेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद