Media Network

श्री एयरलाइन्स जहाजको इन्जिनमा समस्या आएपछि आपतकालीन अवतरण


खबरस्टोरी संवाददाता

१९ श्रावण २०७९,बिहीबार

काठमाडौं।  श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ।

 ९ एन एएनएफ जहाजको इन्जिनमा समस्या देखिएपछि काठमाडौ लागि उडेको विमान नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ ।

जहाजमा समस्या देखिएपछि पाइलटले नेपालगञ्जमै आपतकालीन अवतरण गराएका हुन्। जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो। जहाजमा चालकदलका सदस्य सहित ७९ जना यात्रुहरु थिए।


Share:
Reaction :
ताजा समाचार
खेलकुद