Media Network

दाङ–३ मा कांग्रेसका गिरीसँग पराजित हुदै कोमल ओली,६ हजार बढी मतले पछाडि


खबरस्टोरी संवाददाता

८ मंसिर २०७९,बिहीबार

दाङ । दाङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी जितको नजिक पुगेका छन्। 

हालसम्म ८० हजार ४० मत गणना भइसक्दा  पूर्व मन्त्रीसमेत रहेका गिरीले ३२ हजार ६ सय ९८ मत प्राप्त गरिसकेका छन्।नेता गिरी निकतम प्रतिस्पर्धाभन्दा ६ हजार ७ सय २९ मतले अगाडि पुगेका छन्। 

उनका निकतटम प्रतिस्पर्धी नेकपा एमालेकी केन्द्रीय सदस्य  कोमल वलीले हालसम्म २५ हजार ९ सय ६१ मत प्राप्त गरेकी छन्।हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले १३ हजार २ सय ८९ मत प्राप्त गरेका छन्।

कुल मतदाता १ लाख ४६ हजार ४ सय ७५ रहेको यो निर्वाचन क्षेत्रमा ९० हजार १५० मत खसेको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद