Media Network

धनगढी उपमहानगरले सडक विस्तार गर्न सरकारी संरचनामाथि डोजर चलायो


खबरस्टोरी संवाददाता

१६ कार्तिक २०७९,बुधबार

घनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सडक विस्तार गर्न सरकारी संरचनामाथि डोजर चलाएको छ।

कैलाली पुलदेखि क्याम्पसचोकसम्मको मेनरोडको बीच भागबाट दायाँबायाँ १५–१५ मिटर सडक विस्तार सुरु गर्ने क्रममा सरकारी संरचनामाथि डोजर चलाएको हो।

सडक विस्तार गर्न उपमहानगरका मेयर गोपाल हमाल आफैं फिल्डमा खटिएका छन् । अहिले सडक विस्तारको क्रममा १५ मिटर भित्र पर्ने सेती प्रादेशिक अस्पतालको संरचनामा उपमहानगरले डोजर चलाएको छ । कैलाली पुलदेखि क्याम्पसचोकसम्मको दुरी करिब २ किलेमिटर रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद