Media Network

धनकुटामा पहिरोले पुरिदा दुई जना घाइते, ७० लाख बराबरको क्षति


खबरस्टोरी संवाददाता

२० श्रावण २०७९,शुक्रबार

काठमाडौँ। धनकुटाको महालक्ष्मी नगरपालिका–२ मा शुक्रबार (आज) बिहान पहिरोले  दुई घर पुरिदा २ जना घाइते भएका छन् ।

महालक्ष्मी २ को लाफ्टाङमा स्थानीय तिलकबहादुर कटुवाल र कोषमाया बुढाथोकीको घर भत्किएको प्रहरीले जनाएको छ । घटनामा घरमुली ८४ वर्षीय तिलक र उनकी छोरी ४५ वर्षीया मित्रमाया कटुवाल घाइते भएका छन् ।

उक्त घटनामा दुवै जनाको दुवै हात भाँच्चिएको छ भने शरीरका विभिन्न भागमा चोट पटक लागेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले बताए। 

घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

त्यस पहिरोबाट दुई घरभित्र रहेको अन्नपात, गहना नगद गरि अन्दाजी करिब ७० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद