Media Network

उदयपुरका दुई बालिका सुनकोशी नदीमा बेपत्ता


खबरस्टोरी संवाददाता

२३ असार २०७९,बिहीबार

उदयपुर । उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी बिना राई र जीतबहादुर राईका १३ वर्षीया छोरी बिपना राई रहेका छन् । बुधबार दिउँसो गाई गोठाला जाँदा नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएको त्रियुगा नगरपालिका– १४ का वडाध्याक्ष हिमराज मगरले जानकारी दिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद