Media Network

व्याकुल माइलाको भत्ता ५० हजार बनाउने सरकारको निर्णय


खबरस्टोरी संवाददाता

९ आश्विन २०७९,आईतवार

काठमाडौँ । राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (व्याकुल माइला)लाई सरकारले मासिक ५० हजार रुपैयाँ दिने भएको छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । यसअघि सरकारले उनलाई २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो ।

‘राष्ट्रिय गानका रचयिता व्याकुल माइलालाई सहज जीवन यापनका लागि मासिक २५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद