Media Network

आइडिया स्टुडियो सिजन ७ सुरु


खबरस्टोरी संवाददाता

१ मंसिर २०७९,बिहीबार

काठमाडौं।आइडिया स्टुडियो नेपालले २०२२ नोभेम्बर १५ मा ‘आइडिया स्टुडियो सिजन ७ ‘ को लागि आवेदन खुला गरेको छ । आइडिया स्टुडियो नेपालले आनन्द पशुपति होटल तिलगंगामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘आइडिया स्टुडियो सिजन ७ ‘को लागि आवेदन खुलाएको  हो । आइडिया स्टुडियो सिजन७ को पत्रकार  सम्मेलनमा ११५ को उपस्थिति रहेको थियो । 

आइडिया स्टुडियो नेपाल सिजन ६ सम्म ४५०० भन्दा बढी नवीन विचारहरुको आवेदन प्राप्त भएको थियो । त्यस मध्ये ३५० भन्दा बढी व्यवसायहरु इन्क्युबेट भइसकेका छन् ।  आइडिया स्टुडियो नेपालबाट इन्क्युबेट भएका व्यवसायहरु मध्ये ६५ भन्दा बढि व्यवसायहरु सफलतापूर्वक संचालनमा रहेका छन् । 

आइडिया स्टुडियो नेपालले आफ्नो हरेक सिजनमा नेपाली उत्पादनलाई प्रवर्धन गर्ने, सामाजिक रुपान्तरणमा योगदान पुर्याउने, प्रविधि सम्वद्ध तथा हरियाली र पर्यावरण प्रवर्धन गर्ने व्यवसायिक आइडियाहरुलाई विशेष प्राथमिकता दिदै सोहि विचारहरुलाई उत्कृष्ट बनाउन सर–सल्लाह, व्यवसायीक संजाल, इन्क्युबेसन कार्यक्रम, मेन्टरशिप,  रियालिटी टिभी सो साथ साथै वित्तीय पहुँचका लागी सहजिकरण गराउन मद्दत पुर्याउदै आएको छ । हाल सम्म आइडिया स्टुडियो नेपालले आफ्नो बिभिन्न कार्यक्रमको मार्फतबाट देशको ७ वटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिहरूको व्यापक सहभागिता जुटाउन सफल भएको छ ।

उक्त आइडिया स्टुडियो सिजन७को पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वल्र्ड वाईल्ड लाइफ फण्ड नेपालका देश प्रतिनिधि  डा.घन श्याम गुरुङ, आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा,  शिलापत्रका सहसंस्थापक, अध्यक्ष डा. सुरेश सिम्खडा, स्पेस ४ केका एम.डी प्रभात चलौने, नेपाल इलेक्ट्रोनिक भुक्तानी प्रणाली का सि.इ.ओ सन्जिब सुब्बा , सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हरि ज्ञवाली र काठमाडौं मोडल कलेजका प्रध्यापक सुरेन्द्र सुबेदीले आफ्ना मन्तब्य राख्नु भएको थियो । 

कलेज आईडिया हन्ट २०२२ मा  प्राप्त भएको विचारहरु मध्ये २० विचारहरुलाई १५  दिनको इन्क्युबेसन साथै मेन्टरशिप प्रधान गरिएको थियो । छनौट भएका उक्त २० विचारलाई  इन्क्युबेसन र मेन्टरशिप प्रकृया पछि डेमो पिचको माध्यमबाट १० उत्कृष्ट  विचारलाई अन्तिम प्रकृयाको लागि छनौट गरिएको थियो । सोहि दिन कलेज आईडिया हन्ट २०२२ मा प्राप्त  उत्कृष्ट १० आइडियाहरु मध्ये उत्कृष्ट ४ विजेता छनोेट गरिएका थिए ती हुनः बायो ग्रीन, वी फर नेचर, आहा बेङ्गलस, मेहेनती डट कम ्र कलेज आईडिया हन्टका सबै बिजेताहरुलाई रु. १ लाख नगत पुरस्कार प्रधान गरिएको थियो । कलेज आईडिया हन्ट २०२२ का  सबै विजेताहरु आइडिया स्टुडियो सिजन ७ मा स्वतह प्रस्थान गराइने छन् ।

आइडिया स्टुडियो सिजन७ मा सहभागी हुन चाहाने इच्छुक व्यक्तिहरूले २०७९ पुष १७ गते सम्ममा आवेदन दिइसक्नुपर्नेछ । आवेदकहरुले आवेदनको प्रक्रिया, योग्यता तथा भिडियो गाइडलाइनका लागि जततउकस्ररष्मभबकतगमष्य।यचन।लउर मा गएर हेर्न र आफ्नो आइडिया पठाउन  सक्ने छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद