Media Network

अक्षयकुमारले हेरा फेरी–३ छोड्नुको कारण खुलाए


खबरस्टोरी संवाददाता

२७ कार्तिक २०७९,आईतवार

काठमाडौँ । बलिवुड अभिनेता अक्षय कुमार चर्चित फिल्म हेरा फेरी– ३ मा नदेखिने भएका छन् । अब हेराफेरीको तेस्रो संस्करणमा अक्षयकुमारको ठाउमा कार्तिक आर्यनले अभिनय गर्ने भएका छन् । 

हालै सामाजिक सञ्जालमा परेश रावलले एक प्रयोगकर्ताको प्रश्नको जवाफमा कार्तिक आर्यन अब ‘हेरा फेरी ३’ को हिस्सा भएको पुष्टि गरेका थिए ।

यस प्रकरणमा अक्षय कुमारले प्रतिक्रिया दिदा निर्मातासँग उनको मतभिन्नताका कारण उनले फिल्मबाट बाहिरिने निर्णय गरेको बताएका हुन् ।

अक्षयले ‘हेरा फेरी ३’ छोडेकोमा फ्यानसँग माफी पनि मागेका छन् ।

हालैको एक कार्यक्रममा अक्षय कुमारले भने, ‘हेरा फेरी मेरो जीवनको एक हिस्सा भएको छ । अरू सबैजस्तै मसँग पनि यसको मिठो सम्झना छ । यति वर्षमा तेस्रो भाग नबन्दा पनि दुःख लाग्छ । तर मैले भनेझैं हामीले अब चीजहरू भत्काउनु पर्छ, तिनीहरूलाई तोड्नुपर्छ । जब मलाई यो फिल्मको अफर आयो, म स्क्रिप्टबाट सन्तुष्ट भइनँ । मलाई त्यो मन परेन । अब जनताले हेर्न चाहेको कुरा मैले गर्नुपर्छ । त्यही भएर मैले फिल्म छाडेँ ।’

अक्षय कुमारले थप भने, ‘मैले आफ्नो कदम फिर्ता लिएँ । यो (हेराफेरी) मेरो जीवनको एक हिस्सा हो । यो मेरो लागि यात्रा हो । मैले गर्न नसकेकोमा पनि दुखी छु । तर जसरी सिर्जनात्मक कुराहरू भएका छन् त्यसबाट म कत्ति पनि सन्तुष्ट छैन ।’

अक्षय कुमार, सुनील शेट्टी र परेश रावलले मुख्य भूमिकामा अभिनय गरेको हेरा फेरीको पहिलो फिल्म २००० मा रिलिज भएको थियो । प्रियदर्शनले निर्देशन गरेको यो फिल्म कमेडी विधाको अल टाइम उत्कृष्ट फिल्ममा गनिन्छ । यसको दोस्रो भाग फिर हेरा फेरी सन् २००६ मा रिलिज भएको थियो, जसलाई दर्शकले राम्रोसँग रुचाएका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद