Media Network

बलिउडका कलाकार मिथिलेश चतुर्वेदीको निधन


खबरस्टोरी संवाददाता

१९ श्रावण २०७९,बिहीबार

बलिउड कलाकार मिथिलेश चतुर्वेदीको मुम्बईस्थित कोकिलाबेन अस्पतालमा निधन भएको छ ।

‘कोई मिल गया’, ‘सत्य’ जस्ता थुप्रै हिट फिल्ममा अभिनय गरेका चतुर्वेदीलाई हृदयघात भएपछि पछिल्ला केही दिनदेखि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

मिथिलेशले सन् १९९७ मा फिल्म ‘भाइभाइ’बाट आफ्नो करियर सुरु गरेका थिए। उनले गदर–एक प्रेम कथा, अशोका, रेडी, मोहल्ला अस्सी, र क्रिस लगायतका धेरै फिल्महरूमा काम गरेका छन। उनी टेलिभिजन श्रृंखला ‘कायमत’ र ‘सिन्दूर तेरे नाम’ का पनि हिस्सा थिए।


Share:
Reaction :
ताजा समाचार
खेलकुद