उक्त कन्सर्टमा अहिलेकी सर्वाधिक ब्यस्त गायिका मेलिना राईसंगै धरानबाट उदाएका चर्चित गायक डिल्ली फोम्बो,गायिका सुनिता थेगिम ,गायक शुक्रराज लिम्बु, धरानको ब्यान्ड तपस्वी ब्याण्ड , र भोइस अफ नेपाल चौथो सिजनकी प्रतियोगी सबिना योङ्गहाङ्ग लिम्बुको समेत प्रस्तुति दिएकी थिईन । गायिका मेलीना राईले कम्मरमाथि पटुकी, कुटुमा कुटु , शिरैमा शिरबन्दी, असारे महिना, एक कान दुई कान मैदान , माया बिरानी , तिमीले बाटो फेर्यो हरे,नाच फिरिरी,कसरी–कसरी ,रातो टिका निधारमा जस्ता आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई मनोरंजन दिंदै कन्सर्टलाई समापन गरेका थिए । उनको नृत्य संगै गीत प्रस्तुतिमा दर्शकहरुले उत्तिकै आनन्द लिएको देखिन्थ्यो त्यस्तै डिल्ली फोम्बोले तिम्रो लागि, माईली, तिम्रो सुन्दरता ,म माया लाउँदिन,आउछु म भनेर , कलिलो तामालाई लगायतका गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई आफ्नो भरपुर प्रतिभा प्रदर्शन गरेका थिए। उनलाई धरानको लोकप्रिय तपस्वी ब्याण्डले साथ् दिएका थिए । त्यसैगरी सुनिता थेगीमले बिनायो कंगकंग लोकगीत संगै बाबरी चलचित्रको हिट गीत चुलबुल चुलबुल तिम्रो बानी,आँखामा आउने सपनी र तिम्रो मुटु पनि लगायतका गीतहरु प्रस्तुत गरेका थिए भने
अहिले चलिरहेको लोकप्रिय रियालिटी शो भोइस अफ नेपाल–४ कि चर्चित प्रतियोगी सबिना योङ्गहाङ्ग लिम्बुले “ आजभोली तिमीले हिडनेबाटो मोडयौ र हिउँदोको घाम जसतै लगायतका गीत गाएर दर्शकलाई मननोरञ्जन प्रदान गरेकी थिईन । गायक शुक्रराज लिम्बुले समेत आफ्नो चर्चित गीत तिम्रो कसम , मान्छे लगायतका गीतहरु प्रस्तुत गरेका थिए। सम्पूर्ण कलाकारहरुलाई बिशेष अतिथि समाजसेवी तथा व्यवसायी त्रिभुवन लुङ्गफुङ्गवाले मायाको चिनो प्रदान गरेका थिए ।
एसपी इभेन्ट्स एंड इन्टरटेनमेन्टको आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा हुन सम्पन्न भएको उक्त कन्सर्टको मुख्य प्रायोजक बर्डवाइजर बियरसाथै सह – प्रायोजक रुस्लान भोड्का ,रेड्ब्लु इनर्जी ड्रिंक, डिभाईन वाइन,होटल नवयुग,महेन्द्र एक्वा र बिशेष सहयोग एनएच डीडी स्टुडियो हंगकंग र केन्द्र मोशन पिक्चर्सको रहेको थियो। सुन्दर साउण्ड सर्भिसको साउण्ड तथा लाइटले भब्यरुपमा सम्पन्न कार्यक्रम संचालन गोबिन राजभण्डारी र ईक्सा मादेनले गरेका थिए ।