Media Network

चर्चित क्यामरामेन विदुर पाण्डेको हृदयघातका कारण निधन


खबरस्टोरी संवाददाता

२५ श्रावण २०७९,बुधबार

काठमाडौ । नेपाली सिने क्षेत्रका चर्चित छायाँकार विदुर पाण्डेको निधन भएको छ । 

पारिवारिक श्रोतका अनुसार बुधवार बिहान ५५ बर्षिय पाण्डेको हृदयघातका कारण पाण्डेको निधन भएको हो । काठमाडौंको गंगालाल हृदयरोग अस्पातल लैजाँदै गर्दा उनको निधन भएको बताईएको छ ।

 पाण्डे पहिलो नेपाली डिजिटल फिल्म ‘कागबेनी’का छायाँकार हुन् । लामो समय टेलिभिजन तथा म्युजिक भिडियोमा काम गरेका पाण्डे पछिल्लो समय फिल्म छायांकनमा व्यस्त थिए उनले पन्ध्र सय भन्दा बढि म्युजिक भिडियोको छायांकन गरेका छन् भने दर्जनौंको संख्यामा टिभि कमर्शियल, वृत्तचित्र र चलचित्रहरु छायांकन गरेका छन् ।

 उनले कागबेनी सहित, पण्डीत बाजेको लौरी, भुईमान्छे, जंग बहादुरको कोट, मेरो बेस्ट फ्रेण्ड, स्वर लगायतका फिल्महरु खिचेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद