Media Network

ए डिभिजन लिगमा आज तीन खेल हुँदै


खबरस्टोरी संवाददाता

२४ जेष्ठ २०८०,बुधबार

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछ । दशरथ रंगशालामा हिमालयन शेर्पा र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजे शुरु हुने छ ।

यस्तै च्यासल मैदानमा दिउँसो ३ बजेदेखि हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ ।यता रंगशालामा संकटा क्लब र फ्रेण्डस् क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ ६ बजे सुरु हुँदैछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद