Media Network

एलेक्सिस सान्चेजले इन्टर मिलान छाड्ने


खबरस्टोरी संवाददाता

२४ श्रावण २०७९,मंगलवार

काठमाडौं । चिलीका फुटवल प्लेयर एलेक्सिस सान्चेजले इन्टर मिलान क्लव छाड्ने भएका छन् । चिलीका राष्ट्रिय खेलाडी सान्चेज तीन वर्षअघिदेखि इन्टरमिलानसँग आवद्ध थिए । उनले आपसी समझदारीमा इन्टर मिलानका फरवार्ड सान्चेजले सम्झौता समाप्त गरेका छन् ।

चिलीका स्टार खेलाडी सान्चेजले सन् २०१९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट अनुबन्ध भएयता १०९ खेलमा २० गोल गरेका छन् । 

३३ वर्षीय खेलाडीको सहयोगमा सिरी ए क्लब इन्टरले सन् २०२२–२१ को उपाधी जितेको थियो । तर, पूरा समय मैदान बिताउन सान्चेजले निकै मेहनत गर्नुपर्यो । 

इन्टर छाडेका सान्चेज फ्रेन्च क्लब मार्सेली जान चाहेका छन् । 

“यो क्लबमा पछिलो तीन वर्ष बिताएका एलेक्सिस सान्चेजलाई धन्यवाद । उनको भबिश्यको लागि कामना गर्दछौं“ इन्टरले भनेको छ । 

इन्टरले सिरी ए को नया सिजनको पहिलो खेलमा शनिबार लिससंग खेल्नेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद