Media Network

हार्यो म्यानचेस्टर युनाइटेड


खबरस्टोरी संवाददाता

२२ श्रावण २०७९,आईतवार

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको नयाँ सिजनमा खराब शुरुवात गरेको छ । भने ब्राइटनले सिजनको उत्कृष्ट शुरुवात गरेको छ ।  

आइतबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग २–१ गोल अन्तरले पराजित भएको हो । युनाइटेडले आफ्नो घरेलु मैदानमा हारबाट नयाँ सिजनको शुरुवात गरेको छ ।

ब्राइटनको जितमा पासकल ग्रोबले दुवै गोल गरेका थिए । उनले खेलको ३० र ३९औं मिनेटमा गोल गरेका थिए । युनाइटेडका लागि एक गोल ब्राइटनका एलेक्सिस म्याक अलिस्टरले आत्मघाती गोल गरेका थिए ।

यस खेलमा प्रशिक्षक एरिक टेन ह्यागले क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेका थिए । रोनाल्डो खेलको ५३औँ मिनेटदेखि फ्रेडको ठाउमा खेलेका थिए ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद