Media Network

कवाली शैलीकोपुष्प र वर्षा फिचर्ड ‘नखरा कबुल’ सार्वजनिक


खबरस्टोरी संवाददाता

३० कार्तिक २०७९,बुधबार

काठमाडौंं।कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्वर उड्डयन क्षेत्रका सफल व्यवसायी एवम गायक विकास राणाको रहेको छ । 

गीतमा शब्द नारायण नेपालको रहेको छ भने शशि बिक्रम थापाको संगीत रहेको छ । यस गीतलाई विनोद भुजेलले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र नायक  पुष्प खड्का  फिचर्ड छन् । बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । 

निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक राणाको युट्युब च्यानल ’विकास राणा अफिसिएल’ मार्फत सार्वजनिक भएको हो । यसअघि गायक राणाको स्वरमा समावेश ’प्रेमको परिभाषा’, ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्यौ’, ‘शैलुङ’ बोलका गीतहरु  सार्वजनिक भएका थिए  । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद