Media Network

माफी माग्दै माग्ने बुढाले हटाए महादेवको ‘विवादित’ दृश्य‘


खबरस्टोरी संवाददाता

१६ श्रावण २०७९,सोमबार

काठमाडौं । कलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा) को निर्देशनमा रहेको टीभी शो ‘कमेडी हब’को ट्रेलर विवादमा तानिएपछि उनले माफी मागेका छन् ।   घिमिरेको निर्देशनमा तयार पारिएको टेलिभिजन कार्यक्रम ‘कमेडी हब’मा महादेवको नकल गरिएको प्रस्तुतिप्रति दर्शकले असहमति जनाएपछि उनले माफी मागेका हुन् । 

सोमवार फेसबुकमार्फत अन्जानमा आफूहरुबाट गल्ती भएको स्वीकार्दै घिमिरेले दर्शक र शुभचिन्तकको सल्लाह बमोजिम ट्रेलरमा समावेश उक्त दृश्यलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाएको बताएका छन्।  

उक्त दृश्य प्रसारण भएसँगै दर्शकहरुले हिन्दूहरुका धर्मको मजाक उडाएको भन्दै आलोचना गरेका थिए । सामाजिक सञ्जालमार्फत् उक्त प्रोमोको दृश्य राख्दै गायक सञ्जय श्रेष्ठले  उक्त एपिसोडलाई रोक लगाउन माग गरेका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद