Media Network

मुरलीधरको “तिमीलाई रोजे” राजेश पायलकाे आवाजमा


खबरस्टोरी संवाददाता

३० असार २०७९,बिहीबार

काठमाडौंं । गायक राजेश पायल राईले लिजेण्ड्री गायक, संगीतकार, रचनाकार तथा  कलाकार मुरलीधरको कालजयी गीत ‘तिमिलाई रोजे’ आफ्नो स्वरमा रि–रेकर्ड गरी म्युजिक भिडियोसहित ल्याउने भएका छन् । 

रेडियो नेपालमा मुरलिधरको आवाजमा समेत लोकप्रिय उक्त गीतपछि गायक पायलले ‘बैगुनी रैछौ मायालु’ एल्बममा आफ्नो स्वरमा रेकर्ड गरी सार्वजनिक गरेका थिए । पहिलो नेपाल आईडलमा अतिथिको रुपमा आउँदा उनले उक्त गीत प्रस्तुत गर्दा तानेको लामो आलपले त्यसबेला निकै चर्चा पाएको थियो र युट्युब ट्रेन्डीङ्मा परेको थियो । 

गुरुपुर्णिमाको अवसरमा पारी बुधबार लिजेण्ड्री मुरलीधर र गायक राजेश पायल राईबीच उक्त गीतलाई पुनः नयाँ साजसज्जाका साथ पुन–रेकर्ड गरी चांडै रिलिज गरिने आपसी समझदारी भएको छ । साथै राजेश पायलले मुरलिधरसँग नयाँ गीत संगीतको लागि समेत सहकार्य गर्ने भएका छन् । 

‘राजेश नेपाली संगीतको एक दरिलो खम्बा हो उनीसँग मेरो सदैव सहकार्य  रहिरहने र हामी दुईको हरेक सांगितीक सहकार्य नेपाली संगीतका श्रोताहरुको लागि एउटा बिशेष उपहार हुनेछ ।’– गायक तथा संगीतकार मुरलीधरले भने । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद